सदर चिडियाखानामा सटल बसको व्यवस्था गरिने

नेपालभ्युज

सदर चिडियाखानामा सटल बसको व्यवस्था गरिने

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरे।

उनले १४÷१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहाेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए। त्यसै गरी मेयर महर्जनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिबद्धता व्यक्त गरे।

धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो।

उनले चिडियाखानाभित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved