राजेश हमालले फिल्म पाएनन्, तीज गीतको भिडिओमा व्यस्त

नेपालभ्युज

राजेश हमालले फिल्म पाएनन्, तीज गीतको भिडिओमा व्यस्त

काठमाडौं। अभिनेता राजेश हमाल अमेरिका भ्रमण सकेर आएलगतै तीज गीतको भिडिओमा व्यस्त भएका छन्। बुधबार काठमाडौं फर्किएको भोलिपल्टै उनी तीज गीतको छायांकनमा व्यस्त भएका छन्।

बिहीबार उनलाई फिचर्ड गरिएको तीज गीतको छायांकन सकिएको छ। डेभिड शंकर र भावना आचार्यको युगल स्वर समावेश गीतमा हमालले महिला कलाकारसँगै तीज गीतमा छमछमी नाचेका हुन्।

बिहीबार काठमाडौंको धर्मस्थलीमा यो गीतको छायांकन गरिएको हो। अहिले हमाललाई कुनै फिल्मको अफर आएको छैन। यद्यपि उनलाई तीजकाे म्युजिक भिडिओमा फर्काउने काम चाहिँ एक म्युजिक भिडिओले गरेको हो।

गीतमा हमालले मोडल मञ्जु थापासँगै कम्मर मर्काएका छन्। सुहाउने गीत भएकाले हमाल गीतमा अभिनय गर्न तयार भएको निर्देशक देवेन्द्र पाण्डेले बताए। गीतलाई डान्सिङ बिटको शैलीमा तयार पारिएको छ। केही दिनमा युट्युबमा सार्वजनिक गर्ने तयारी छ।

राजेश हमालले यसअघि सुनिता दुलालको ‘हजुरैको मन’, विष्णु माझीको ‘मेरो भेना हङकङको लाहुरे’ लगायतका तीज गीतमा अभिनय गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved