राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पाटन दरबार क्षेत्र अवलोकन

नेपालभ्युज

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पाटन दरबार क्षेत्र अवलोकन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

पाटन दरबार स्क्वायर घुम्न र संग्रहालयको अवलोकन गर्न राष्ट्रपति पौडेल विहानै पाटन पुगेका हुन् । राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रमा स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन ‍गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved