देउवाले भने- धेरै आलोचना होला भन्ने सोचेको थिएँ, साथीहरुले राम्रो कुरा राख्नुभयो

नेपालभ्युज

देउवाले भने- धेरै आलोचना होला भन्ने सोचेको थिएँ, साथीहरुले राम्रो कुरा राख्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आफूले धेरै आलोचना आउने सोचेको तर साथीहरुले राम्रो कुरा राखेको बताएका छन् ।

६ दिनदेखि जारी  बैठकलाई बुधबार समापन गर्दै देउवाले बैठकमा सक्रियताका साथ सबैले आफ्ना कुरा राखेकोमा धन्यवाद दिंदै यस्तो बताएका हुन् ।

सो क्रममा उनले अब छिटै महासमिति बैठक बस्ने र त्यहाँ पनि छलफल गर्ने जानकारी दिए ।

उनले बैठक लाइभ गर्दा नेपाली कांग्रेसभित्र ‘एक सय एक’ नेताहरु भएको देखिएको बताउँदै खुशी व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved