सफ्ट्वेरिका कलेजमा ‘टेक–एक्स २०२३’ हुँदै

नेपालभ्युज

सफ्ट्वेरिका कलेजमा ‘टेक–एक्स २०२३’ हुँदै

काठमाडौं । सफ्ट्वेरिका कलेजले आगामी २७ जुलाईदेखि ‘टेक–एक्स २०२३’ सुरु गर्ने भएको छ । ‘टेक–एक्स’ २७ देखि ३१ जुलाईसम्म सञ्चालन हुनेछ ।

कलेजका अनुसार ‘टेक–एक्स २०२३’ मा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी गरिनेछ । ‘सफ्ट्वेरिका कलेजमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित रोबोटलाई प्रदर्शनमा राखिनेछ,’ कलेजका प्रमुख प्रमोद पौडेलले भने, ‘टेक–एक्स २०२३’ मा कम्तीमा ६ वटा रोबोट प्रदर्शन गर्ने योजना छ । यससँगै आइओटीको इनोभेसन प्रोजेक्टअन्तर्गत ३० भन्दा बढी प्रोजेक्टलाई प्रदर्शनमा राखिनेछ ।’

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको २१औं शताब्दीका बालबालिकालाई आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको सफ्ट्वेरिकाले जनाएको छ ।

‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन यो कार्यक्रम आयोजना हुन गइरहेको छ,’ कलेज प्रमुख पौडेलले भने ।

यसका साथै विद्यार्थीहरुले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्ने बारेमा पनि कार्यक्रममा चर्चा गरिनेछ ।

कम्तीमा पाँच हजारभन्दा बढी अवलोकनकर्ताले कार्यक्रम अवलोकन गर्ने सफ्ट्वेरिका कलेजले जनाएको छ । यसका साथै कार्यक्रममा मनोरञ्जनात्मक क्रियाकलाप, आइटी क्षेत्रले कृर्षि क्षेत्रमा पुर्याउने यागदानबारे जानकारीसमेत दिइनेछ । यस कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहनेछ ।

यससँगै कार्यक्रममा फुडस्टल, बौद्धिक खेल, बिजुलीबाट बनाइएका सवारीसाधनको अनुभव लिन सकिने र बौद्धिक खेल जितेका विजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको कलेजले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved