कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेको होइन : पूर्णबहादुर खड्का

नेपालभ्युज

कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेको होइन : पूर्णबहादुर खड्का
फाइल फोटो

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताएका छन् ।

सोमवार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले का‌ंग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताए ।

उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे । उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए ।

‘नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ, न कांग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि बढ्छ । यो कुरामा कांग्रेस स्पष्ट हुन जरुरी छ, गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ’ उनले भने, ‘हामीले यो गठबन्धनलाई ५ वर्ष लिएर जानुछ, सरकारले जनतालाई दिनुपर्ने प्रतिफल सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा हामी सरकारमा जाने प्रत्येक मन्त्रीहरु, व्यक्तिगत र सामुहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार, एजेण्डाप्रति इमान्दार हुन जरुरी छ ।’

उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताए । उनले समाजवादी मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताए । कांग्रेस केन्द्रिय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved