खान जाने होइन त बबल टी ? ठमेलमा खुल्यो ताइवानको ‘चाटाइम’

नेपालभ्युज

खान जाने होइन त बबल टी ? ठमेलमा खुल्यो ताइवानको ‘चाटाइम’

काठमाडौं। गुलियो, दुधिलो अनि चिसो रिफ्रेसिङ स्वाद । खाँदा इनर्जी दिने, थकान पनि मेटिने । युवा पुस्ताको जिब्रोमा झुन्डिएको यो स्वाद रहेको पेय पदार्थको नाम हो ‘बबल टी’।

दरबारमार्ग, वसन्तपुर, ठमेललगायतका कतिपय ठाउँ घुम्न जाँदा युवा पुस्ता ‘बबल टी’को स्वादमा रमाउन भुल्दैनन्। सहरी क्षेत्रको पर्यटकीय ठाउँतिर एक छिन टहलियौँ भने ‘बबल टी’को चुस्कीसँगै गफिँदै हिँडिरहेका युवा प्रशस्तै भेटिन्छन् ।

यसको लोकप्रियता सामाजिक सञ्जालले थप बढाएको छ । सामाजिक सञ्जालमा झुम्मिने युवा पुस्ता ‘बबल टी’ खाएको फोटो नपोस्ट्याई खाँदैनन्। युवाहरूमा ‘यसको ट्रेन्ड क्षणिक मात्र देखिँदैन, यसको लत नै बनेको देखिन्छ।

काठमाडौं गेस्ट हाउस अगाडि खुल्यो – ‘चाटाइम’

पेय पदार्थ अरूभन्दा विशेष भएकाले नै सबैले मन पराएको ‘बबल टी’ पाउने ठाउँको स्टेसन फेरि एउटा थपिएको छ, त्यो हो ठमेल। काठमाडौं गेस्ट हाउसभन्दा अगाडि ‘चा टाइम’ खुलेको छ।

जुन ताइवानको अन्तर्राष्ट्रिय फ्रान्चाइजी हो। जुन फ्रान्चाइजी ६० भन्दा बढी देशहरूमा उपलब्ध छ। ‘चाटाइम’ नेपालको एक मात्र र पहिलो बबल चिया फ्रान्चाइजी हो।

‘चाटाइम’को मेनुमा १० बढी प्रकारका स्वादहरू छन्। मिल्की सीरीज, फ्रोस्टी सीरीज, फलफूल र पकाइएको कफी छ। ग्राहकको रुचि र स्वाद अनुसार चिनीको तातो र चिसो दुवै बनाइने सञ्चालक यशु श्रेष्ठले बताइन्।

यस्तो छ चाटाइको मेन्यू

विशेष गरी सबैभन्दा रुचाइएको आइटममा ‘ताइची सुप्रिम मिल्क टी’, ‘ Strawberry au lait ’,‘थाई सुप्रिम मिल्क टी’, ‘ब्राउन सुगर पर्ल लेट’ छन्। यी आइटम विशेष गरी गर्मी महिनामा बढी बिक्री हुने गरेको पाइन्छ ।

‘चा टाइम’ सबै उमेरकालाई टार्गेट गरेर सञ्चालन गरेको यशु श्रेष्ठ बताउँछिन्।  उनले भनिन्, ‘हाम्रो लक्षित वर्ग सबै उमेरका मानिस हुन्।

विषेशगरी युवा पुस्ता छन्। यहाँको स्वाद सबैले मन पराएका छन्।’ यसको क्रेज बढेसँगै अर्को शाखा खोल्ने तयारी भइरहेको उनले बताइन् ।
‘हामीले ताजा फलफूल प्रयोग गरेर बनाउँछौँ । फ्रेस र हाइजेनिक पनि छ,’ उनले भनिन्।

सरदर १ सय ९० रुपैयाँदेखि ४ सय ४० रुपैयाँमा पाइने यसको मूल्य स्वाद, परिमाण र सामग्री अनुसार फरक पर्छ। पाँच सय एमएल र सात सय एमएल गरी २ साइजमा पाइन्छ।

ताइवानकै प्रशिक्षक

पछिल्लो समय बबल टी जति युवा पुस्ताले मन पराउँदै गएका छन्, त्यति नै पसल पनि खोल्ने बढेका छन् । जति बबल टीका स्टेसनहरू खुलेका छन्, तिनीहरूले गुणस्तरीय बेच्न सकिरहेका छैनन्।

यसकारण ‘चा टाइम’ मा भने गुणस्तरमा कुनै कमी नआओस् भनेर ताइवानका प्रशिक्षक आएर सिकाइरहेका छन्। ‘बबल टी’को असली स्वाद बनिरहेको छ।

‘चा टाइम’का यशू श्रेष्ठसँगै तीन जना सञ्चालक छन्। साझेदारमा बिलासा श्रेष्ठ र आकृति राणा पनि छन्।

के हो ‘बबल टी’?

‘बबल टी’ चपाउन मिल्न ट्यापियोका पर्ल्स जेली जस्तो ‘चिवी’ हुन्छ। जसलाई ‘बोबा’ पनि भनिन्छ । यसको आकार गुच्चाको जस्तै हुन्छ । हल्लाएर बनाउँदा बबल (फोका) माथि आउने भएकाले यसको नाम बबल टी रहन गएको हो।

यो ताइवानी पेय पदार्थ हो । यो सन् १९८० को दशकमा एउटा सानो चिया स्ट्यान्डबाट सुरु भएको बताइन्छ । यसलाई ‘ब्ल्याक पर्ल टी’ वा ‘बोबा टी’ पनि भनिन्छ ।

दूध, फलफूल, फ्रुट जुस तथा स्वादिलो ट्यापियोका पर्ल्स (साबुदाना) को मिश्रणलाई मज्जाले घोलेर तयार पारिने पेय पदार्थ हो ।

ताइवानमा ‘बबल टी’लाई राष्ट्रिय पेय पदार्थ नै मानिन्छ । सन् २०२० देखि ताइवानले अप्रिल ३० गते ‘राष्ट्रिय बबल टी दिवस’ नै मनाउँदै आइरहेको छ ।

ताइवानबाट उत्पत्ति भएको यो पेय पदार्थ अहिले भने विश्वभर फैलिइरहेको छ । युवा पुस्तामा निकै नै लोकप्रिय यो अहिलेको ट्रेन्ड नै बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved