अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

नेपालभ्युज

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका बिर्ख विकको मृत्यु भएको छ । प्राप्त खबरअनुसार करिब १८ जनाभन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको पञ्चदेवल विनयाक नगरपालिका वढा नं. ६ का वडा अध्यक्ष कमल रावलले बताए ।

‘उद्धारमा जुटिरहेको र घाइतेहरूलाई उपचारका लागि अन्यत्र पठाउन नगरपालिकासहित सम्बन्धित सबैबाट आवश्यक पहल र समन्वय भइरहेको छ ।’ उनले भने,‘ट्याक्टरको ब्रेक फेल भएको भन्ने सुनेको छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved