सुन तस्करीमा राजनीतिक संलग्नता छैन, कर्मचारी नै प्रमुख दोषी हुन् : वामदेव गौतम

नेपालभ्युज

सुन तस्करीमा राजनीतिक संलग्नता छैन, कर्मचारी नै प्रमुख दोषी हुन् : वामदेव गौतम

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरुको संलग्नता हुन नसक्ने बताए । उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए । उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुछिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन्’, उनले भने,  सुन आओस् की अरु विषय आउन् त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिनु हुँदैन । सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन, त्यहाँ कस्तो जालो रहेछ, अब यहाँ पनि केही जालो देखापरेको छ, विभिन्न समयमा देखिएको छ ।’

‘तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ, त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो, भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ’, उनले भने  ।

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved