जुम्लामा अपरिचित समूहले लगायो ७ घरमा आगो

नेपालभ्युज

जुम्लामा अपरिचित समूहले लगायो ७ घरमा आगो
प्रतिकात्मक तस्वीर ।

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अपरिचित समूहले ७ घरमा आगजनी गरेको छ । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।

उनकाअनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ ।

सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष टीकादत्तले बताए । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउनेबित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

“विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउनेबित्तिकै प्रहरी घटना स्थलमै खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ,” कार्कीले भने । प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।

प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीको भनाइ छ । गुठीचौरमा दिनदिनै घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved