नरिवलको तेलमा मिलाउनुहोस् यी दुई चिज केही दिनमै कपाल कालो हुनेछ

नेपालभ्युज

नरिवलको तेलमा मिलाउनुहोस् यी दुई चिज केही दिनमै कपाल कालो हुनेछ

एजेन्सी । हिजोआज एकदमै कम उमेरमै कपाल सेतो हुन थाल्छ । वृद्धवृद्धासँगै युवायुवतीलाई पनि यस्तो समस्याले सताइरहेको हुन्छ । कपाल सेतो भएकै कारणले कतिपय अवस्थामा युवायुवतीलाई स्कूल, कलेज तथा अफिसमा लाजमर्दो अवस्था पनि झेल्नु परिरहेको हुन्छ ।

यस्तोमा बजारमा पाइने क्यामिकलयुक्त मेहेन्दीहरुको प्रयोगले कपाल रंगाउने गर्दा कपालमा झनै धेरै समस्या बढ्दै जान्छ । त्यसैले तपाईंले घरमै नरिवलको तेलमा केही सामग्री मिसाएर लगाउँदा पनि कपाललाई कालो बनाउन सक्नुहुन्छ ।

नरिवलको तेल र अमला
नरिवलको तेलमा अमला मिसाएर लगाउनाले कपाल कालो बनाउन सहयोग हुन्छ । यसका लागि तीन चम्चा नरिवलको तेलमा दुई चम्चा अमला पाउडर मिसाउनुहोस् । अब यसलाई एउटा भाँडोमा मनतातो बनाएर पाउडर र तेललाई मजाले घोल्नुहोस् । त्यसपछि तेल चिसो भएपछि कपालका जरामा राम्रोसँग मसाज गर्दै तेल लगाउनुहोस् । यसलाई दुई घण्टा जति राख्दा पनि हुन्छ वा तपाईं साँझ लगाएर रातभर राखेर बिहान नुहाउन सक्नुहुन्छ । यसरी नियमित यो अभ्यास गर्नुभयो भने कपाल जरैदेखि कालो हुँदै जान्छ ।

नरिवलको तेलमा मेहेन्दीको पात

यदी तपाईं आफ्नो सेतो कपालबाट छुट्कारा पाउन चाहनुहुन्छ भने नरिवलको तेल र मेहेन्दी लगाउनु पनि एकदमै असरदार हुन्छ । जब मेहेन्दीको खैरो रंग कपालको जरामा पुग्छ त्यसपछि कपाल पहिलेजस्तै प्राकृतिक रुपमा खैरो देखिन थाल्छन् । मेहेन्दीलाई कपालको जरामा पुग्नका लागि नरिवलको तेलले सहयोग गर्छ ।

त्यसका लागि ३–४ चम्चा नरिवलको तेललाई तताउने र मेहेन्दीका पातहरु राखेर तेललाई तताइराख्ने जबसम्म उक्त तेल खैरो हुँदैन । त्यसपछि तेल हल्का खैरो भयो भने चिसो बनाएर मसाज गर्दै कपालको जरादेखि नै लगाउने । त्यसपछि एक घण्टा जति राखेर कपाललाई धुन सकिन्छ । यो प्रक्रिया नियमित रुपमा गर्‍यो यो भने कपाल प्राकृतिक रुपमै कालो हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved