आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू

नेपालभ्युज

आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेको छ। पत्रकार सम्मेलन गर्दै निगमले आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने बताएको हो।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागु गर्न लागिएको हो।

पूर्ण स्वचालित मूल्य प्रणाली लागु गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरी मूल्य घट्नेछ। मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढ्नेछ।

निगम सञ्चालक र निगमका कार्यकारी निर्देशक उमेश थानीलगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफल गरेपछि यो निर्णय भएको हो। आइतबार रातिबाट स्वचालित मूल्य लागु हुनेछ। योसँगै डिजेलमा ४ रुपैयाँ, पेट्रोलमा ६ रुपैयाँ घटेको छ। एसपी ग्याँसको मूल्य पनि घटेको छ।

चौतर्फी रूपमा स्वचालित मूल्य कायम गर्न दबाब आएपछि आयल निगमले स्वचालित मूल्य लागु गरेको हो।

निगमको नाफा घट्ने

स्वचालित मूल्य कार्यान्वयनमा आएपछि निगमको नाफा घट्नेछ। निगमले केही दिन अगाडि मूल्य घटाउँदा १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ नाफा थियो। तर, स्वचालित मूल्य कार्यान्वयनमा आउनेवित्तिकै यो नाफा आधा घट्ने निगमका अधिकारीहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved