भंगहा–जयनगर रेलसेवा सुरु (तस्वीरहरू)

देशकै एक मात्र जनकपुर–जयनगर ब्रोडगेज सेवाले आफ्नो सेवा थप १७ किलोमिटर विस्तार गर्दै भारतको जयनगर जनकपुरधाम कुर्था हुँदै महोत्तरीको भंगहा बिजलपुरासम्म ५२ किलोमिटर दूरीमा सञ्चालन गरेको छ ।

भंगहा–जयनगर रेलसेवा सुरु (तस्वीरहरू)

जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महोत्तरीको भंगहादेखि भारतको जयनग सम्म चल्ने रेल सेवाको शुभारम्भ गरेका छन्। आइतबार दिउँसो भंगहा रेल्वे स्टेसनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।

देशकै एक मात्र जनकपुर–जयनगर ब्रोडगेज सेवाले आफ्नो सेवा थप १७ किलोमिटर विस्तार गर्दै भारतको जयनगर जनकपुरधाम कुर्था हुँदै महोत्तरीको भंगहा बिजलपुरासम्म ५२ किलोमिटर दूरीमा सञ्चालन गरेको छ ।

उदघाटन समारोहको लागि जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगाहासम्म सञ्चालनको पहिलो दिन रेललाई नवदुलहीझैं श्रृंगारिएको थियो । रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो । ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा भइरहेकोमा अब भंगाहा बिजलपुरसम्म सञ्चालन भएको छ।

सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दैनिकरूपमा ओहोर दोहोर गरी चारपटक सञ्चालनमा रहेको छ । भोलि (सोमबार)देखि भने थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

भंगहा स्टेसनबाट मात्र दिनको दुईपटक आर्थात् साँझ र बिहान सेवा दिनेछ । उदघाटन समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर सञ्जीव साह, भारतीय राजदूतावासका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved