मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा, राती भारी वर्षाको सम्भावना

नेपालभ्युज

मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा, राती भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही ठाउँमा अहिले भारी वर्षा भइरहेको छ । विशेष गरेर मधेस प्रदेशका केही ठाउँमा भारी वर्षा भएको हो ।

सबैभन्दा धेरै बारामा तीन घण्टामै ५० मिलिमिटर पानी परेको छ । निजगढ र अमलेखगञ्जसहितका केही ठाउँमा डुबान र बाढीको चेतावनी जारी भएको छ ।

यस्तै  सिन्धुलीका केही ठाउँ र नवलपरासीमा पनि भारी वर्षा भएको  छ । अहिले दैलेख र डोटीमा भारी वर्षा हुँदैछ ।

राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved