इन्जुरी टाइमको सावित्राको गोलमा नेपाल पराजित हुनबाट जोगियो

नेपालभ्युज

इन्जुरी टाइमको सावित्राको गोलमा नेपाल पराजित हुनबाट जोगियो
फाइल फोटो

काठमाडौं । अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपाल बंगलादेशबाट पराजित हुनबाट जोगिएको छ ।

ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै देशले १-१ गोल गर्न सके । घरेलु मैदानमा बंगलादेशकी कप्तान सबिना खातुनले ६५ मिनेटमा गोल गरिन् । पराजय उन्मुख भइरहेको बेला नेपालकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै बंगलादेशलाई बराबरीमा रोकिन् ।

नेपाल र बंगलादेशले अन्तिमपटक गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेका थिए । उक्त खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

दुई देशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved