कोशी र मधेस प्रदेशमा रातभर भारी वर्षा, यस्तो रहनेछ आजको मौसम

नेपालभ्युज

कोशी र मधेस प्रदेशमा रातभर भारी वर्षा, यस्तो रहनेछ आजको मौसम
सांकेतिक तस्बिर

काठमाडौं। कोशी र मधेस प्रदेशमा रातभर भारी वर्षा भएको छ । केही ठाउँमा बाढी र डुबानको चेतावनी पनि जारी भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा झापामा १ सय १५ मिलिमिटर वर्षा भएको छ । यस्तै मोरङ्मा ७५, सुनसरीमा ८०, सप्तरीमा ३९, धनुषामा ७५, बारामा १ सय ८, पर्सामा ४०  र उदयपुरमा ४० मिलिमिटर वर्षा भएको छ ।

वाग्मतीका  दोलखा, सिन्धुपाल्चोक र चितवनमा ठूलो पानी परेको छ । गण्डकीको नवलपुरमा ६२ मिलिमिटर वर्षा भएको छ । मोरङ र झापामा बाढीको चेतावनी जारी भएको छ ।

हाल  कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved