प्रधानमन्त्री कप भलिबल : एपीएफमाथि पुलिसको जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : एपीएफमाथि पुलिसको जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले एपीएफलाई २५–१६, दोस्रोमा २५–१५ र तेस्रोमा २६–२४ ले पराजित गरेको हो। यो पुलिसको लगातार चौथो जित हो। एपीएफको भने पहिलो पराजय हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved