सुर्खेतमा जरायो मार्ने चारजना पक्राउ

सुर्खेतमा जरायो मार्ने चारजना पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जरायो मारेको आरोपमा चारजना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगरको काँक्रेविहार संरक्षित वन क्षेत्रमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान ३ बजे काँक्रेबिहार वन क्षेत्रसँग जोडिएको नयाँ गाउँबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थल बाटै चार जना पक्राउ परेको र पक्राउ परेकाहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए ।

जरायो मार्नेमा अन्यको संग्लनता रहेको उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved