एक मिनेट परफर्मेन्स गरेको एक करोड ?

नेपालभ्युज

एक मिनेट परफर्मेन्स गरेको एक करोड ?

एजेन्सी। उर्वशी रौतेला बलिउडकी अत्यधिक कमाइ गर्ने अभिनेत्रीमा पर्छिन् । उर्वशीले फिल्मको एउटा आइटम गीतमा नाँचेको मात्र करोडौं रुपैयाँ लिने गर्छिन् ।

विभिन्न भारतीय मिडिया रिपोर्टका अनुसार उर्वशीले फिल्म ‘वाल्टेयर वीरया’ को एउटा गीतका लागि दुई करोड रुपैंया पारिश्रमिक लिएकी थिइन् । यो फिल्म ब्लकबस्टर सावित भएको थियो । यही कारणले अब उर्वशीले आफ्नो पारिश्रमिक पनि बढाएकी छन् ।

छिटै उर्वशी राम पोथिनेनीको फिल्म ‘द वारियर’मा देखिँदैछिन् । यस फिल्ममा पनि उनी आइटम गीतमा नाच्दैछिन् । खबरअनुसार उनले फिल्मको तीन मिनेटको गीतका लागि ३ करोड रुपैयाँ माग गरेकी छन् । यसरी हिसाब गर्दा उनले एक मिनेटको एक करोड मागेको देखिन्छ ।

त्यस्तै, उनको यसबाहेक फिल्म ‘पुष्पा २’ का निर्मातासँग पनि आइटम गीतका लागि कुराकानी भइरहेको खबर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved