अपडेट : चेत गुरुङले उडाएका थिए हेलिकोप्टर, यात्रु पाँचैजना विदेशी

नेपालभ्युज

अपडेट : चेत गुरुङले उडाएका थिए हेलिकोप्टर, यात्रु पाँचैजना विदेशी

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको हेलिकोप्टरमा सवार पाँचैजना यात्रु विदेशी रहेको खुलेको छ ।

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख महेश श्रेष्ठका अनुसार हेलिकोप्टर चेत गुरुङले उडाएका थिए भने यात्रुहरु पाँचैजना मेक्सिकन नागरिक थिए ।

उनका अनुसार हेलिकोप्टरमा मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए ।

हेलिकोप्टर १० बजेर ४ मिनेटमा सोलुखुम्बुबाट उडेको मनाङ एयरका मेनेजर राजु न्यौपानेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved