मनसुनमा छालामा हुने संक्रमण कम गर्ने घरेलु उपाय

नेपालभ्युज

मनसुनमा छालामा हुने संक्रमण कम गर्ने घरेलु उपाय

एजेन्सी । वर्षातको मौसम सबैलाई मन पर्छ तर यसले छालामा विभिन्न खाले समस्याहरु पनि लिएर आउँछ । मनसुनमा छालामा इन्फेक्शनको समस्या बच्चादेखि बुढासम्म सबैलाई आउँछ । छालामा संक्रमणले गर्दा छाला चिलाउने,  र्‍यासेज आउने, रातो हुने, दाना आउने जस्ता लक्षणहरु देखिन सक्छन् । तर यस्ता समस्याहरुलाई बढ्नु भन्दा अगाडि नै उपचार गर्नु सावधानी हुन्छ ।

वर्षातको मौसममा छालासँग जोडिएका समस्याहरुको सम्भावना बढ्नबाट रोक्नका लागि समयमै यसको हल निकाल्नु पर्ने हुन्छ । यस्तो तपाईंका लागि हामीले केही टिप्स तथा ट्रिक्सहरु लिएर आएका छौं जसको सहयोगले तपाईं छालासँग जोडिएका समस्याहरुबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

डन्डीफोर तथा ब्रेकआउट

  •  अनुहारमा भएको अतिरिक्त चिल्लो तथा फोहोरलाई हटाउनका लागि तपाईं दिनमा दुईपटक गैरकमेडोजेनिक क्लीन्जरले सफा गर्नुहोस् ।
  •  ब्याक्टेरियालाई रोक्नका लागि आफ्नो अनुहारलाई फोहोर हातहरुले छोइरहने नगर्नुहोस् ।
  •  पोर्सलाई बन्द नगरीकन आफ्नो छालालाई हाइड्रेट राख्नका लागि तेलमुक्त तथा हल्का मोइस्चराइजरको प्रयोग गर्नुहोस् ।
  •  डन्डीफोरलाई कम गर्नका लागि सेलिसिलिक एसिड वा बेजायल पेरोक्साइड स्पट उपचारको प्रयोग गर्नुहोस् ।
    फंगल इन्फेक्शन
  •  आफ्नो छालालाई सुख्खा तथा सफा राख्नुहोस् । खासगरी फंगल इन्फेक्शन भएको एरिया जस्तै खुट्टाका औंला, काखी तथा कम्मरको बीचको भागलाई सुख्खा तथा सफा राख्नुहोस् ।
  •  दैनिक रुपमा कपडा बदल्नुहोस् र पसिना आएको कपडामा धेरै समय नबस्नुहोस् ।
  •  कसिलो कपडा लगाउनबाट बच्नुहोस् जसले फंगल इन्फेक्शनलाई बढाउन सक्छन् ।
    धेरै पसिना आउनु
  •  आफ्नो छालालाई सफा राख्न तथा पसिना आउनबाट रोक्नका लागि नियमित रुपमा नुहाउने गर्नुहोस् ।
  •  धेरै पसिना आउनबाट रोक्नका लागि एन्टीपर्सपिरेन्ट्स वा ट्याल्कम पाउडरको प्रयोग गर्नुहोस् ।
  •  सुती जस्ता प्राकृतिक रेशाबाट बनेका स्वास लिन सक्ने तथा खुकुलो कपडाहरु लगाउनुहोस् ।
  •  शरीरलाई हाइड्रेट राख्नका लागि धेरै झोलिलो चिज तथा पानी पिउनुहोस् ।
    डिहाइड्रेटेड  छाला
  • आफ्नो छालालाई भित्रैदेखि हाइड्रेट राख्नका लागि सही मात्रामा पानीको सेवन गर्नुहोस् ।
  • डेड स्किन सेल्सलाई हटाउन तथा अनुहारलाई चमकदार देखाउनका लागि हप्तामा एक वा दुईपटक सौम्य एक्सफोलियटरको प्रयोग गर्नुहोस् ।
  •  छालामा नमी बनाइराख्नका लागि हल्का मोइस्चराइजर लगाउनुहोस् ।
  •  छालामा नमीलाई बढावा दिनका लागि हाइड्रेटिंग फेस मास्क वा शीट मास्कलाई आफ्नो छालाको देखभालको रुटिनमा समावेश गर्नुहोस् ।
    घामबाट सुरक्षा
  •  मनसुनमा युवी किरणले पनि तपाईंको छालालाई नोक्सान पुर्‍याउन सक्छ । बाहिर जानुअघि एसपीएफ ३० वा यसभन्दा धेरै भएको सनस्क्रीनको प्रयोग गर्नुहोस् ।
  •  हरेक केही घण्टापछि पुनः सनस्क्रीन लगाउनुहोस्, खासगरी यदी तपाईं वर्षातको सम्पर्कमा आउनुहुन्छ वा अत्यधिक पसिना आउँछ भने ।
  •  तपाईं सिधै घामको किरणबाट छालालाई जोगाउनका लागि छाता, टोपी जस्ता चीजको प्रयोग गर्न सक्नुहुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved