मिटरब्याज विरुद्धको कानुन पारित गराउन काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

मिटरब्याज विरुद्धको कानुन पारित गराउन काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले मिटरब्याज विरुद्धको कानुन पारित गराउन राज्यलाई दबाब दिने उद्देश्यसहित आज संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ।

सिराहा, राजविराज, महोत्तरी, धनुषालगायत देशका १० भन्दा बढी जिल्लाबाट पीडितहरू आज काठमाडौं आई प्रदर्शनमा उत्रिएका छन्।

गत चैत्र १८ गते आन्दोलनरत पीडित पक्षसँग प्रधानमन्त्री दाहालले वार्ता गरी मिटरब्याजीविरुद्ध कानुन ल्याउने सहमति भएसँगै पीडित पक्ष र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको थियो। सहमति भएसँगै पीडितहरू आ-आफ्नो जिल्ला फर्केका थिए।

यसैबीच, सरकारले संसदको चालू अधिनेशनमा मिटरब्याजीविरुद्ध विधेयक ल्याउँदा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरी विधेयक पास हुन नदिएको सरकारको आरोप छ। एमाले लगायतका दलहरूले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग राखी असार २० गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेका छन्।

मिटरब्याज पीडितहरू आज माइतीघरमा भेला भई विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका हुन्।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved