भुक्तानी विवाद बढेपछि पूर्वसांसद र वडाध्यक्षले कुटे कार्यालय प्रमुख

भुक्तानी विवाद बढेपछि पूर्वसांसद र वडाध्यक्षले कुटे कार्यालय प्रमुख
सांकेतिक तस्वीर

सुर्खेत । नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेशसभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई. दत्त बुढथापामाथि हातपात गरेका छन् ।

शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुँदा परियार रावलले बुढथापालाई हातपात गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८०को प्रदेश सांसद विकास कोषमार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालैहुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम पूरा नभएकोले रकम भुक्तानी नदिाँदा आफूमाथि कार्यालय भित्रै हातपात भएको बुढथापाले बताए ।

४० लाखको योजनामा १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको तर लागत स्टमेट अनुसारको नभएको बुढथापाले बताए ।

हातपातपछि परियार र वडा अध्यक्ष रावललाई प्रहरीले शनिबार नियन्त्रण लिएको थियो । उनीहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved