एमालेले पुन: सदन अवरुद्ध गर्ने

नेपालभ्युज

एमालेले पुन: सदन अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबार (आज) पनि संसद् अवरुद्ध गर्ने योजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर ४ दिनदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको एमालेले पुन: आज पनि अवरुद्ध गर्ने भएको हो ।

राष्ट्रिय सभाको बैठक बिहान ११ बजेपछि सुरू हुँदैछ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । एमालेले दुवै सदन अवरुद्ध गर्ने योजना बनाएको हो । यसअघि शुक्रबार बसेको बैठक पनि एमालेले नै अवरुद्ध गरेको थियो ।

असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन ७ दशकअघि भारतको जम्मू-कश्मीरबाट नेपाल आएर बसेका सरदार प्रीतम सिंहले भारत धाएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रको सार्वभौमिकताविरुद्धको भएको ठहर गरेको छ ।

उसले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएको छ । तर, सत्तारूढ गठबन्धनले भने प्रधानन्त्रीले राजीनामा नदिने त्यसको ‘फेस’ संसद्‌मा गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved