छिट्टै पर्दामा आउने आमिर खानको तयारी

नेपालभ्युज

छिट्टै पर्दामा आउने आमिर खानको तयारी

एजेन्सी । बलिउड अभिनेता आमिर खान ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि फिल्मी दुनियाँबाट टाढा छन् । आमिर खानको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो । जसले गर्दा आमिरले ब्रेक लिने फैसला गरेका थिए ।

तर आमिर खानका प्रसशंक चाहन्छन् कि उनी ठूलो पर्दामा फिर्ता आउन् र एकपटक फेरि धमाका मच्चाउन् । त्यसपछि आमिर खानको फिल्म ‘३ इडियट्स’ को दोस्रो पार्टसँग जोडिएको केही रिपोर्ट अगाडि आएको थियो । अहिले आमिर खानको नाम एउटा बायोपिकसँग पनि जोडिएको छ । आउनुहोस् जानौं यसबारेमा ।

बलिउडका सबैभन्दा धेरै चर्चामा रहने अभिनेतामध्ये एक आमिर खानको प्रतिक्षा भइरहेको छ । आमिरले ‘लाल सिंह चड्ढा’ पछि कुनै पनि फिल्ममा काम गरेका छैनन् । अब आमिरको नाम एउटा बायोपिकसँग जोडिएको छ ।

पिंकविलाको रिपोर्टका अनुसार आमिर खान र राजकुमार हिरानी एकपटक फेरि सँगै फिल्ममा काम गर्दै छन् । यो एउटा बायोपिक हुनेछ । रिपोर्टमा बताइएको छ कि आमिर खानले यो प्रोजेक्टमा रुचि देखाएका छन् ।

यो बायोपिकको शुटिंग सन् २०२४ देखि सुरु हुनेछ । राजकुमार हिरानी हिजोआज शाहरुख खानसँग ‘डंकी’ को शुटिंगमा व्यस्त छन् । आमिर र राजकुमारको जोडी बक्स अफिसमा हिट सावित भएको छ ।

उनीहरुले पहिलोपटक सन् २००९ मा ‘३ इडियट्स’ मा सँगै काम गरेका थिए । फेरि दुवैको जोडी फिल्म ‘पीके’ मा देखिएका थियो । यी दुवै फिल्मले बक्स अफिसमा बम्पर कमाई गर्न सफल भएका थिए । अब हेर्न बाँकी छ आमिर खान र राजकुमार हिरानीको आउँदो फिल्मको के हालत हुनेछ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved