उपचार खर्च आफैं व्यहोर्ने इच्छा राखेका राष्ट्रपति पौडेललाई ५५ लाख

नेपालभ्युज

उपचार खर्च आफैं व्यहोर्ने इच्छा राखेका राष्ट्रपति पौडेललाई ५५ लाख

काठमाडौं । भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई  सरकारले ५५ लाख रुपैंया भुक्तानी दिने भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो ।

‘यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिन्छ,’ मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा भनिएको छ ।

वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयले  प्रेस नोट जारी गर्दै राष्ट्रपतिको  उपचारका क्रममा भएको उपचार खर्च  राष्ट्रपति स्वयम्ले बेहोर्न चाहेको कुरा जनाइएको थियो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा विदितै छ’, प्रेस नोटमा भनिएको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved