यी खानाहरुले बढाउन सक्छन् एन्जाइटी, कम सेवन गर्नुस्

नेपालभ्युज

यी खानाहरुले बढाउन सक्छन् एन्जाइटी, कम सेवन गर्नुस्

एजेन्सी । के तपाईंलाई थाहा छ ? केही खानेकुरा यस्ता पनि छन् जसले एन्जाइटीको समस्यालाई झनै बढाउन सक्छन् । त्यसैले एन्जाइटीको समस्या हुँदा यी फुड्सको सेवन गर्नबाट बच्नु नै उत्तम हुन्छ ।

क्याफिन

क्याफिनले भरपूर खानेकुराको सेवन गर्नाले एन्जाइटीको समस्यालाई अझै बढाउँछ । त्यसैले यस्तो समस्या भएको खण्डामा कोल्ड ड्रिंक, चिया तथा कफी जस्ता क्याफिन अत्यधिक भएका खानेकुराको सेवन गर्नबाट बचौं ।

चिनी

चिनी अत्यधिक भएका पेय पदार्थ तथा खानाहरुले रगतमा चिनीको मात्रालाई बढाउन सक्छ । जहाँ ब्लड सुगरको लेवल बढ्नाले एन्जाइटीको लक्षणहरु पनि बढ्ने सम्भावना रहन्छ ।

प्रोसेस्ड फुड

यदी तपाईंलाई एन्ग्जाइटीको समस्या छ भने प्रोसेस्ड फुडहरुको सेवन कम गर्ने कोसिस गर्नुपर्छ । यस्ता खानेकुराहरुको सेवन गर्नाले पाचन तथा एन्जाइटी प्रभावित हुन सक्छ ।

अल्कोहल

एन्जाइटीको समस्यामा अल्कोहलको सेवन स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । अल्कोहल सेवन गर्नाले सुगर लेवल, निद्रा तथा एन्जाइटीमा नराम्रो प्रभाव पर्छ ।

के खाने ?
एन्जाइटीका लक्षणलाई कम गर्नका लागि केही खानेकुराहरुलाई आफ्नो डाइटमा समावेश गराउन सकिन्छ । त्यसैले सुख्खा फल, फलफूल, ग्रीन टी तथा डार्क चकलेटको सेवन गर्नाले एन्जाइटीबाट बच्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved