आफ्नो उचाईलाई लिएर असुरक्षित महसुस गर्थे आमिर खान

नेपालभ्युज

आफ्नो उचाईलाई लिएर असुरक्षित महसुस गर्थे आमिर खान

एजेन्सी । आफ्नो शारीरिक बनावटलाई लिएर सामान्य मानिस मात्र होइन ठूला ठूला कलाकार पनि चिन्तित रहन्छन् ।

बलिउड अभिनेता आमिर खानले एउटा अन्तरवार्तामा आफ्नो होचो कदका बारेमा बताएका छन् । उनलाई डर थियो कि सबैले अपनाउँछन् वा अपनाउँदैनन । आमिरको यस कुरामा रानी मुखर्जी र करीना कपूरले पनि सहमति जनाएका थिए । रानीले भनिन् फिल्म उद्योगकी सबैभन्दा होची अभिनेत्री म नै हो ।

सन् २०१२ मा फिल्म तलाशको प्रदर्शनका बेला दिएको अन्तरवार्ताका क्रममा रानी मुखर्जीले आफ्नो उचाईंको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘आफू सबैभन्दा होची भएको हुनाले आमिर मटुको एकदमै नजिक छन् ।’

रानीको यो कुराले आमिर एकदमै प्रभावित भएका थिए । उनले भने, ‘यो लाइन एकदमै राम्रो छ ।’ साथमा रानी मुखर्जीले थपेकी थिइन, ‘कसैको व्यक्तित्व उचाईंले फरक पर्दैन । आमिरको व्यक्तित्व एकदमै ठूलो छ ।’

यसैक्रममा पत्रकारले प्रश्न गरे कि उनीहरुलाई कम उचाईको कारणले कुनै समस्या भएको थियो ? जसको जवाफमा रानीले छैन, मलाई केही पनि समस्या भएन र मलाई कम उचाई भएकोमा कुनै चिन्ता पनि थिएन भनिन् भने आमिरले त्यसको उल्टो मलाई समस्या थियो भनेर बताए ।

उनले सुरुवाती समयमा हाइटलाई लिएर म एकदमै असुरक्षित महसुस गर्ने गरेको बताए । आमिरले रिपोर्टरसँग भने, “मेरो मनमा थियो, मानिसहरु मलाई एकदमै पुड्के छ भन्छन् भन्ने डर थियो तर सबैलाई म मन परेँ । किनकि यसअघि अमिताभ बच्चन जीहरुको समय थियो जो हाइटमा एकदमै अग्ला हुनुहुन्छ । जब तपाईं करिअर सुरु गर्नुहुन्छ, त्यतिबेला कुनै न कुनै कुराको डर हुन्छ । डर त मलाई अहिले पनि लाग्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved