१९ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

गएराती ११ बजे  तुइन खोला पुलनजिकै पहिरो जाँदा बन्द भएको मुग्लिन- नारायणगढ सडक आइतबार बेलुका साढे ५ बजेपछि खुलेको हो ।

नेपालभ्युज

१९ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं । पहिरोले बन्द भएको मुग्लिन-नारायणगढ सडक १९ घण्टापछि खुलेको छ ।

गएराती ११ बजे  तुइन खोला पुलनजिकै पहिरो जाँदा बन्द भएको मुग्लिन- नारायणगढ सडक आइतबार बेलुका साढे ५ बजेपछि खुलेको हो । अहिले सडक दुईतर्फी नै खुलेको र लेन अनुशासन कायम गरेर गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ ।

गएराती ११ बजेदेखि सडक बन्द हुँदा सयाैँ गाडी र हजारौँ यात्रु अलपत्र परेका थिए । अहिले पहिरो पन्छाए पनि जोखिम अझै बाँकी रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि कार्यालयले अनुरोध गरको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved