बलिउडका यी १० फिल्म जसमा निर्माताले १०० करोडभन्दा धेरै घाटा व्यहोरे

नेपालभ्युज

बलिउडका यी १० फिल्म जसमा निर्माताले १०० करोडभन्दा धेरै घाटा व्यहोरे

एजेन्सी । निर्माताले ६०० करोड लागतमा ‘आदिपुरुष’ फिल्म बनाए तर, यो फिल्मले ३०० करोड पनि कमाउन सकेन ।

‘सम्राट पृथ्वीराज’ को बजेट २०० करोड थियो तर यो फिल्मले ६५ करोड रुपैंया बटुल्यो । शाहरुख खानको ‘जीरो’ पनि यही लिस्टमा छ । यो फिल्म २७० करोडमा बनेको थियो तर यसको जम्मा कमाई १०० करोड मात्र थियो ।

त्यस्तै ३०० करोडमा बनेको ‘राधेश्याम’ पनि फ्लप भयो । यो फिल्मले मात्र १९० करोड कमाउन सफल भएको थियो । रणवीर कपुरको ‘शमशेरा’ पनि १५० करोडको लागतमा बनेको थियो तर यसको कमाई भने ४२ करोडको मात्र गरेको थियो ।

यसैगरी घाटा भएको फिल्ममा रनविर सिंहको ‘८३’ पनि समावेश छ । यसलाई निर्माताले २६० करोडमा बनाएका थिए तर, यो फिल्मले पनि १०३ करोड मात्र कमाएको थियो ।

त्यस्तै आमिर खानको ‘लाल सिंह चड्ढा’ ले पनि हावा खायो । १८० करोडमा बनेको फिल्मले जम्मा ६० करोडको कमाई गरेको थियो ।

अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पान्डे’ ले पनि ५० करोड मात्र कमाएको थियो । जबकी यो फिल्म १५० करोडमा बनेको थियो ।

त्यस्तै नोक्सान हुने फिल्मको लिस्टमा छ कंगना रनौतको फिल्म ‘धाकड’ पनि । यसमा कंगनाको एक्सन अवतार कत्ति पनि काम लागेन । ८० करोडमा बनेको यो फिल्मले जम्मा २ करोड मात्रै कमाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved