संसद बैठक ११ बजे, यस्ता छन् कार्यसूची

नेपालभ्युज

संसद बैठक ११ बजे, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा ‘आर्थिक विधेयक २०८०’ माथि छलफल हुनेछ भने ‘आर्थिक विधेयक २०८०’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पनि मन्त्री महतले गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूचि पनि रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved