नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सडकमा गाडीको लामो लाइन

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सडकमा गाडीको लामो लाइन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक संचालन गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो ।

ट्राफिक प्रहरीले पहिरो पन्छाउने तयारी भइरहेको जनाएको छ । सडक कतिबेला खुल्छ भन्ने निश्चित नभएकोले सडक खुल्ने यकिन नभई यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उहाँले बताउनुभयो । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

विहीबार पनि २८ घण्टा लगातार अवरुद्ध भएपछि सडक खुलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved