भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, २५ जनाको मृत्यु

नेपालभ्युज

भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं। भारतको महाराष्ट्रमा गुडिरहेको एक बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । ३३ यात्रु सवार सो बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ गइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठोकिने क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले बसको सिसा फुटाएर ज्यान बचाए पनि अन्यको मृत्यु भएको हो ।  मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच-पाँच लाख रुपैयाँ राहतस्वरूप  दिने घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved