फिफा वरीयता : नेपाल एक स्थान खस्कियो

नेपालभ्युज

फिफा वरीयता : नेपाल एक स्थान खस्कियो

काठमाडौं। फिफा वरीयतामा नेपाल एक स्थान तल खस्किएको छ। फिफाले बिहीबार संशोधन गरेको वरीयतामा नेपाल १ स्थान खस्किएको हो।

यसअघि १७४औँ स्थानमा भएको नेपाल १७५औँ स्थानमा झरेको छ। नेपालको वरीयतालाई साफ च्याम्पियनसिपको प्रदर्शनले असर गरेको देखिन्छ।

बैंगलोरमा जारी प्रतियोगितामा नेपाल ३ खेलमध्ये केवल १ मा जित निकाल्दै समूह चरणबाट बहिरिएको थियो। वरीयतामा भारत भने सयौं स्थानमा छ।

विश्वकपको उपाधि विजेता अर्जेन्टिना पहिलो स्थानमा छ। उपविजेता फ्रान्स दोस्रो स्थानमा छ। ब्राजिल भने तेस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved