ललिता निवास प्रकरणः पक्राउ परेका ७ मध्ये ३ जना थुनामुक्त

नेपालभ्युज

ललिता निवास प्रकरणः पक्राउ परेका ७ मध्ये ३ जना थुनामुक्त

काठमाडौं । ललित निवास प्रकरणमा मंगलबार पक्राउ परेका ७ मध्ये तीन जना थुनामुक्त भएका छन् । बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेशलाई मान्दै तीनजनालाई छाडिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको जानकारी पाए सीआईबीले जनाएको छ ।

मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी थुनामुक्त भएका हुन् । उनीहरूलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा सर्वोच्च अदालतबाट आदेश भएको प्रहरी स्रोतले बतायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved