भ्रष्टचारको फाइलबारे चित्रबहादुरको टिप्पणी- तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु

नेपालभ्युज

भ्रष्टचारको फाइलबारे चित्रबहादुरको टिप्पणी- तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमोटेजस्तो गर्छु  भएको टिप्पणी गरे ।

उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भएपनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताए। उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उनले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए।

‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन् । अलिअलि गरेजस्तो देखाउने एउटा कुरा हो, के गरी गर्लान् ? मलाई विश्वास लाग्दैन । भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो । भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ’ उनले भने,  गणतन्त्रप्रति जनताको आस्था घटेको छ । तँ रोए जस्तो गर्, मैले चिमोटेजस्तो गर्छु, भन्नेकुरा पहिलाको सरकारले पनि गर्थे, अहिले पनि हुन्छन्।’

अध्यक्ष केसीले नेपालमा ठूला ठूला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेको दाबी गर्दै  भ्रष्टाचारका फाइल खोलिनुपर्ने बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved