आँपसँग खान नहुने यी ५ चिज

नेपालभ्युज

आँपसँग खान नहुने यी ५ चिज

एजेन्सी । आँप खानु स्वास्थ्यका लागि राम्रो हुन्छ साथै यो स्वादमा पनि एकदमै मिठो फल मानिन्छ । तर आँपसँग केही चीजहरु मिसाएर खाँदा भने शरीरमा हानी पनि हुन सक्छ । जसबारेमा जान्न जरुरी छ ।

  • आँपसँगै वा आँप खाएको तुरुन्तै पछि मसालेदार चिजहरु खानबाट पनि बच्नु पर्दछ । यो कम्बिनेशनले एसिडिटी वा छाती जल्ने जस्तो समस्या हुन सक्छ ।
  • आँप खाने बित्तिकै पानी पिउनु पनि हानिकारक हुन सक्छ । आँपसँग पानी पिउँदा पाचनसँग जोडिएका समस्या जस्तै ग्यास, अपच आदि हुन सक्छ ।
  • आँप खाएपछि तुरुन्तै करेला खानबाट पनि बच्नु पर्छ । यो मिश्रण तपाईंलाई कैयौं प्रकारले हानिकारक हुन सक्छ । यसरी खाँदा वाकवाकी, वान्ता, वा कुनै स्वासप्रस्वाससँग जोडिएको समस्या हुन सक्छ ।
  • आँपका लागि हरियो खुर्सानीको कम्बीनेशन पनि स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । यसलाई खाँदा पेट दुखाई वा जलन जस्तो समस्या हुन सक्छ । आँप खाएको कम्तीमा पनि दुई घण्टापछि मात्र हरियो खुर्सानी खानुपर्छ ।
  • आँप खाँदा कार्बोनेटेड ड्रिंक्स पिउनु पनि नोक्सानदायक हुन सक्छ । यस्तो किन हुन्छ भने आँप र कार्बोनेटेड ड्रिंक्स दुबैमा धेरै चिनीको मात्रा हुन्छ । त्यसैले यी दुबै साथमा खाँदा सुगर लेवल बढ्न सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved