जलहरीमा नेताका नाम लेखेकोप्रति सांसद खतिवडाको आपत्ति

नेपालभ्युज

जलहरीमा नेताका नाम लेखेकोप्रति सांसद खतिवडाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउनुपर्ने बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न पनि गरे ।

‘जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ’, उनले भने, ‘यस्तो किन गरियो ? सत्य तथ्य छानबिन हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved