सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ हुँदै, न्यायाधीश पण्डितको इजलास तोकियो

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ हुँदै, न्यायाधीश पण्डितको इजलास तोकियो

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाउपर आज जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ ।

बलात्कारअन्तर्गत क्षतिपूर्ति मुद्दाको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको हो ।

लामिछानेविरुद्ध बलात्कार मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

यसअघि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि पीडित पक्षले क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved