लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा रातभर भारी वर्षा, कस्तो हुनेछ आजको मौसम ?

नेपालभ्युज

लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा रातभर भारी वर्षा, कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं। लुम्बिनी र सुदूर पश्चिम प्रदेशको तराई क्षेत्रमा रातभर भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा भारी वर्षा भएको हो ।

अछाममा पछिल्लो ६ घण्टामा ९५ मिलिमिटर वर्षा भएको छ । यस्तै, बर्दियामा ७८ मिलिमिटर  डडेल्धुरामा ६५,  कालिकोटमा ५२, डोटीमा ३०, गुल्मीमा ६०, दाङमा ४१ र बाँकेमा २५ मिलिमिटर वर्षा भएको छ ।

आज आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो  देशभर सामान्य देखि पुर्णतया बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य दखि पुर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved