कार्यसूचीमाथि एमालेले प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधि सभाको बैठक केही समयको लागि स्थगित भएको छ। एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाएपछि १५ मिनेटको लागि भन्दै स्थगित भएको हो।

नेपालभ्युज

कार्यसूचीमाथि एमालेले प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक केही समयको लागि स्थगित भएको छ। एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाएपछि १५ मिनेटको लागि भन्दै स्थगित भएको हो।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला कार्यसूचीमाथि प्रश्न उठेको हो।

बर्तौलाले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए।

सभामुखको भनाईपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved