दक्षिण एसियामै पहिलोपटक पोखरामा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

नेपालभ्युज

दक्षिण एसियामै पहिलोपटक पोखरामा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखरा । पोखराको फेवातालमा आजदेखि ‘नेपाल-चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।

ड्रागन बोट रेस फेस्टिभल चीनबाहिर दक्षीण एसियामै पहिलो हुन लागेको हो ।  प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुँदै छन् । पहिलो हुने टोलीले समान ५ लाख ५० हजार प्राप्त गर्नेछन् ।

रेस फेस्टिभल शुक्रबार र शनिबार चल्नेछ । फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको दौड प्रतिस्पर्धा हुनेछ ।

फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा आइपुगेका छन् ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved