विश्वकप क्वालिफायर : वेस्ट इन्डिजसँग नेपाल पराजित

नेपालभ्युज

विश्वकप क्वालिफायर : वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएकाे छ ।

३४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाउँदा गुलसन झाले ४२ र कप्तान राेहित पाैडेलले ३० रन जोडे ।

आसिफ शेख र करण केसीले समान २८ रन जोडे । अन्यको ब्याटिङ उल्लेख्य रहेन । बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले ३ विकेट लिए ।

यसअघि हरारेमा इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायाे । शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १३२ र पुरन ११५ रनमा आउट भए ।

ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved