पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासंघको आपत्ति

नेपालभ्युज

पत्रकारमाथि आक्रमण प्रयास गरेको घटनाप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुर्व्यवहार गर्नाका साथै आक्रमण प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासंघका सचिव गोविन्दप्रसाद चौलागाईंले बिहिबार प्रेस विज्ञप्ति जारी गरी प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानूनी बाटो अवलम्बन गर्नुको साटो दुर्व्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको जनाएका छन् ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरीसहितको एक समूहले बुधबार अनामनगरमा दुर्व्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासंघलाई गराएका थिए । गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved