छायाँनाथका मेयरले पनि राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

छायाँनाथका मेयरले पनि राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयरले पनि आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको बिरोधमा मेयर बिष्णुकुमार भामले ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् ।

मेयर भामले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको फोटो सामाजिक सञ्चालमा पोस्ट गरेका छन् । ‘यो नेपाली मन त्यसै कहाँ झुक्छ र’, उनले क्याप्सनमा लेखेका छन्, ‘यो देशको सीमा रक्षा गर्नु परे सिमामै गएर लड्न पनि बहादुर भाम जान तयार छ ।’

काठमाडौं महानगरपालिका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि देशभरनै ग्रेटर नेपालको नक्सा राख्ने होडबाजी चलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved