उपेन्द्र यादव भन्छन्: यथास्थितिमा बजेट पारित हुन दिँदैनौं

नेपालभ्युज

उपेन्द्र यादव भन्छन्: यथास्थितिमा बजेट पारित हुन दिँदैनौं

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा सरकारले ल्याएको बजेट पारित हुने नदिने बताएका छन् ।

सरकारले गठबन्धन दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै उनले यथास्थितिमा बजेट पारित हुन नदिने बताएका हुन् ।

‘सरकारले बजेटबारे सत्तासाझेदार दलसँग पनि छलफल गरेन’, बिहीबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संशोधनबिना अहिलेको बजेट पारित हुँदैन । हामी हुन दिँदैनौं ।’

उनले बजेटले बजेटले मधेश र मधेशीलाई उपेक्षा गरेको पनि आरोप लगाए ।

बजेटप्रति सत्ताघटक दल नेकपा एस पनि असन्तुष्ट छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यथास्थितिमा बजेट पास हुने नदिने अडान राख्दै आएको छ ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved