काठमाडौं महानगरले साउनदेखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने (पूर्णपाठ)

नेपालभ्युज

काठमाडौं महानगरले साउनदेखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ देखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने बताएका हुन् ।

उनले एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाउने जानकारी दिए।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘संवत् २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइनेछ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ। ‘

यस्तै, महानगरपालिकालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति र सरसफाई कार्यमा प्रयोग हुने आवश्यक सवारी साधन तथा उपकरणहरुको पर्याप्त व्यवस्था गरिने  मेयर शाहले जनाए ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved