समाजवादी मोर्चा वृद्धहरुको क्लव हो : योगेश भट्टराई

नेपालभ्युज

समाजवादी मोर्चा वृद्धहरुको क्लव हो : योगेश भट्टराई

काडमाडौं ।  नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौणहरुको क्लव भएको बताएका हुन्।

उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे । उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए । उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए ।

‘समाजवादको धारणाप्रति उहाँहरुको एकरुपता छ  ? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ  ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ ?’ उनले प्रश्न गरे,  ‘संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ?  यसमा इतिहासको बखान हुन्छ, यो बुढाहरुको क्लव हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताए । उनले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताए । उनले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताए ।

‘संसदमा पेस गर्ने डकुमेण्ट धेरै नै परिष्कृत भएर आउनुपर्छ । यो मानवीय त्रुटी भन्दा पनि नियत हो । सबै प्रदेशको नाम भइसकेपछि मन्त्रीले नाम नै नलेख्ने ? बजेट कसरी इन्ट्री हुन्छ । यसमा प्रधानमन्त्रीज्युले पनि कमाण्ड नगर्नुभएको हो की ?’ उनले भने, ‘आफ्ना मन्त्रीलाई बोलाएर संसदमा कसरी प्रश्तुत हुने भन्नुपर्छ, छलफलमा मन्त्रीहरु नै आउँदैनन् । संसदलाई ध्यान दिन सकिएको छैन । सरकार संसदप्रति जवाफदेही छैनन् । उहाँहरुको हेलचेक्रयाँई छ । सत्ता पक्षकै नेताहरु असन्तुष्ट हुनुहुन्छ बजेटमा ।’

उनले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved