कोशी प्रदेश नामांकन विवादः आन्दोलनरत पक्षले वार्ता गर्ने

नेपालभ्युज

कोशी प्रदेश नामांकन विवादः आन्दोलनरत पक्षले वार्ता गर्ने

काठमाडौं । कोशी प्रदेश नामांकन विवादबारे वार्ता हुने भएको छ । प्रदेशको नामकरणको विपक्षमा आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच सोमबार वार्ता हुने भएको हो ।

संघर्षरत पक्षले आइतबार वार्ताटोली गठन गरेको छ । सोमबार विराटनगरको बिग होटलमा वार्ताको दुवै पक्षबीच वार्ता हुनेछ ।

संघर्ष समितिका एक सदस्यका अनुसार आइतबार पहिचान पक्षधरले गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेको वार्ता टोली बनाएको छ ।

यसअघि सरकारी पक्षले मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । उक्त समितिमा मन्त्रीहरु भक्तिप्रसाद सिटौला र वुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved