विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

नेपालभ्युज

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
प्रतिकात्मक तस्वीर

काठमाडौं। देशका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

यसैगरी, बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेमबहादुर डाँगी आफनै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-२ चिसापानी बल्क नम्बर ६ स्थित प्रतीक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका-६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका-३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता रूपन्देहीको सैनामैना नगरपालिका-३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved